सिन्धुपाल्चोक पहिरोः ७ को निधन, २४ जना अझै बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर सात जनाको निधन भएको छ । बाह्रविसे नगरपालिका–७, घुम्थाङको पहिरोले पुरिएर सात जनाको निधन भएको हो । अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको निधन भएको हो ।

पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक,सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको छ । पहिरोमा पुरिएर अझैं पनि नागपुजे र भीरखर्कका १८ घर बगाउँदा २४ जना बेपत्ता भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी रहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।