काठमाडौं । कुनै समय कोरोना परीक्षण पिसिआर टेस्ट गराउन १८ हजार भन्दा बढी रकमसम्म लाग्ने गरेकोमा अब भने २ हजारमै परीक्षण गराउन मिल्ने भएको छ । ललितपुरस्थित बिध ल्याबले कोरोना परीक्षणको शुल्क घटाएर २ हजार तोकेको छ । यसअघि ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा २ हजारमै पिसीआर परीक्षण गराउन सकिने बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक बिके भण्डारीले जनाएका छन् ।

उनले सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बताएका छन् । बिथले ल्याबमा लाग्ने खर्च मात्र राखेर रकम घटाइएको जनाएको छ । बिथ ल्याबका अनुसार यो घटाइएको शुल्क ३० दिनसम्मका लागि हो । बिथले वैदेशिक रोजगारीमा जानेहरूका लागि अझै १ सय छुट गरिएको पनि जनाएको छ ।

बिथले गत १३ साउनबाट सरकारको अनुमतिपछि कोरोना परीक्षण गराउँदै आएको छ । सुरुमा सरकारले पिसिआर परीक्षणको मूल्य ५५ सय तोकेकोमा बिथले ४५ सयमा गराउँदै आएको थियो । बिथमा कोरोना परीक्षण गराउनेको संख्या १० हजार नाघीसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।