काठमाडौं । सेयर बजारमा लगानीकर्ता ओर्लिएपछि उछाल देखिएको छ । साताको पछिलो दिन आइतबार नेपाल स्टक एक्चेन्ज (नेप्से) १७ अंकले बढ्यो भने कारोबार करिब साढे तीन अर्बको भएको छ । आइतबार तीन अर्ब ३७ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको हाे ।
अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीबाट हटेपछि धेरैले सेयर बजार उकालो चढ्ने अनुमान गरिरहेकोमा विगत केही दिनदेखि नेप्से र कारोबार रकम दुवै वृद्धि हुँदै आएको छ । आइतबार टिएमएसमा समस्या आएपछि केही समय काराेबार भएर पुनः २ बजेपछि खुलेर ५ः१५ सम्म कारोबार भएको थियो । आइतबार अधिकांश कम्पनीका सेयर माग बढी रहेको देखिएको थियो । सेयर बजारमा माग बढी रहेकाले नेप्से अझै माथि जाने अनुमान गरिएको छ ।