बढ्यो सुनको भाउ, यस्तो छ आज कारोबार भइरहेको मूल्य



काठमाडौं । आज सोमबार सुनको भाउमा वृद्धि भएको छ । आइतबार सुनको भाउ स्थिर बन्दै शुक्रबारकै मूल्यमा कारोबार भएकोमा आज भने सुन तोलामा ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो आइतबार सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको थियो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ खरिद बिक्रीका लागि निर्धारण गरिएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला