काठमाडौं । चौतर्फी विरोध भएपछि बिमा समितिले निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बिमाको दाबी भुक्तानी गर्न पाउने गरी मापदण्ड सच्याएको छ ।

मापदण्ड सच्चिएसँगै अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि कोरोना बिमाका लागि मान्य हुने भएको छ । यस अघि स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था गरेको थियो । त्यसपछि चौतर्फी रुपमा विरोध हुँदै आएकोमा बिमा समितिले उक्त मापदण्ड सच्याएको हो ।

समितिले मापदण्ड सच्याउँदै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोशालाहरुबाट पिसिआर परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको सक्कली रिपोर्ट पेश गर्नुपर्ने उल्लेख गरेको छ । बिमा रकम भुक्तानीका लागि मापदण्डमा तोकिएका सबै प्रक्रिया पुरुा भएको सात दिन भित्र निवेदन दिनुपर्ने छ । यस्तै, होम आइसोलेशन बसेको भए स्थानीय तहको सिफारिस पनि चाहिने भएको छ ।



  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।