कार्तिक ३ । नवरात्रिको अष्टमीको दिनदेखि बेपत्ता गुल्मी वामीकी एक महिला हप्ता दिनपछि मृत अवस्थामा फेला परेकी छिन् ।
असोज २६ गते बिहानै पूजाका लागि हिँडेकी वामी–९ का कृष्णबहादुर कुमालकी श्रीमती सरस्वतीको शव बडीगाड खोलामा फेला परेको हो ।
प्रहरी निरीक्षक राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार कुमालले श्रीमतीको खोजीका लागि इलाका प्रहरी कार्यालय वामीमा उजुरी पनि दिएका थिए ।
प्रहरीले थुप्रै स्थानमा निगरानी बढाए पनि फेला पार्न सकेको थिएन ।
गएराति ९:१५ बजेको समयमा २६ वर्षीया सरस्वतीको शव तुराङ गाविस वडा नं ७ को रामपुरस्थित बढिघाट खोला किनारमा बग्दै आएको अवस्थामा स्थानीयले देखे पछि प्रहरीले शबलाई बाहिर निकालेको हो । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस
Comments