काठमाडौं । नेपालमा आज १४५९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक थपिएका संक्रमित संख्यासँगै मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६२ जना डिस्चार्ज भएका छन् । देशभरमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।