काठमाडौं । नेपालमा एकैदिन आज अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा १५३९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।