काठमाडौं । केही दिन यता स्थिर रहेर सोमबार थोरै उकालो चढेको सुनको मूल्य आज मंगलबार भने ह्वात्तै घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
हिजो सुनको मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यसैगरी, चाँदीको भाउको पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको थियो।
Comments







