काठमाडौँ । आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५४ पैसा तोकेको छ । आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ५ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ५० पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २७ पैसा छ।
Comments