आज थप १२ सय ७ जनामा कोरोना पुष्टि



काठमाडौँ । आज देशभर १२ सय ७ जनामा काेराेना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार १३ जना पुगेको छ । त्यस्तै २४ घन्टामा नेपालमा थप ८ जनाको निधन भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला