काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ । शुक्रबार ९ सयले बढेको सुनको मूल्य साताको पहिलो दिन घटेको हो । आज सुन तोलामा ६०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार, सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।