काठमाडौं । जनरल इन्सुरेन्स कम्पनीको साधारण सेयर (आइपीओ) खुलेको छ । आइतबारबाट आइपीओ बिक्री खुल्ला भएसँगै सर्वसाधरणले प्रतिकित्ता १०० दरले आवदेन हाल्न मिल्ने भएको छ । जनरलले १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेकोमा १ लाख २० हजार कित्ता अर्थात् ४ प्रतिशत सेयर कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । पछिल्लो समय कुनै पनि इन्सुरेन्स कम्पनीकाे सेयर मूल्य ४ सय भन्दा माथि रहेकाले यो इन्सुरेन्समा पनि आवेदनकर्ताको चाप लाग्ने देखिएको छ । तसर्थ, आवेदकलाई १० कित्ताभन्दा बढी सेयर पर्ने सम्भावना ज्यादै न्यून रहेको भन्दै धेरै आवेदन गर्नु फाइदाजनक नहुने सेयर बजारका पण्डितहरु बताउँछन् ।







