काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो । यस्तै मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त गरेकाे छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हाे । मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए । रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।