असोज २१ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुर १ की सभाषद बिना मगरको बागी उम्मेदवारीका रुपमा उठेका गगन सिंहलाई काठमाडौंमै बोलाएर दबाब दिएको खुल्न आएको छ ।

उमेद्वारी फिर्ता लिन भन्दै दवाव दिन गगनलाई प्रचण्डले काठमाडौं बोलाएर दबाब दिएका थिए । गगनलाई प्रचण्डले काठमाडौँ बोलाएपछि उनी काठमाडौँ आएर कञ्चनपुर फिर्ता भएका छन् ।

गगनले अडान नछाडेपछि  प्रचण्डले समानुपातिकमा राखौंला तपाईले फिर्ता लिनुहोस् भनेर आश्वासन दिएको पनि गगन निकटका एक नेताले बताए ।

तर गगन पक्षले बिनाले त्यहाँ नजित्ने भन्दै पार्टीलाई जिताउने हो भने बिनाको उम्मेदवारी फिर्ता हुनै पर्ने अडान राखेका छन् ।

गगनले पनि पार्टीले हार्ने देखेर उम्मेदवारी दिएको भन्दै फिर्ता गर्ने नगर्ने केही पनि निर्णय नभएको र पार्टीले हार्ने अवस्था रहेसम्म आफूले फिर्ता नलिने समेत बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।