असोज २१ – ग्राण्ड मस्ती चलचित्रले आफूलाई सय करोड क्लबमा सहभागी गराएको छ।

अश्लिल भएको भन्दै विवादमा तानिएको  ग्राण्ड मस्ती विवादकै बीच सय करोड क्लबमा सामेल भएको हो । ग्राण्ड मस्तिका केही संवाद अति अश्लिल भएको भन्दै बलिउडमा यसको चर्को विवाद भएको थियो ।

सय कोड क्लबमा सहभागी हुने चलचित्रमा ग्राण्ड मस्ती बलिउडका एडल्ट फिल्म पहिलो भएको छ । ग्राण्ड मस्तीको सहभागीता सय करोड क्लबमा भए सँगै यसले राम्रो व्यपार गर्ने पक्का भएको छ । चलचित्रमा दोहोरो अर्थ लाग्ने अश्लिल शब्द धेरै भएको भन्दै लामो समयदेखि विवाद हुँदै आएको छ ।

 बलिउड व्यापार विश्लेषक तरुण आदर्शले ट्वीटर मार्फत सय करोड फिल्म क्लबमा ग्राण्ड मस्ती सहभागी भएको उल्लेख गरेका छन् । चलचित्र ग्राण्ड मस्तीमा रितेश देशमुख, विवेक ओवराय र आफताब शिवदासानी लगायतको प्रमुख भूमिका छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।