दसैँको लागि ल्याइएका ४ सय ५० च्याङ्ग्रा राजधानीमो भक्तपुरमा आइपुगेको च्याङ्ग्रा व्यपारीले बताएका छन् ।
यो वर्षको दसैँमा तिब्बतको खासाबाट र मुस्ताङ हुँदै करिब ४ हजार भेडाच्याङ्ग्रा राजधानी आइपुगेका छन् । च्याङ्ग्रा जिउँदो प्रतिकिलो ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो वर्ष भन्दा यो वर्ष तिब्बतमै च्याङ्ग्रा प्रतिगोटा ३ हजार रुपैयाँसम्म बढी मूल्य परेको व्यापारीले बताएका छन् । तिब्बतमा एउटा च्याङ्ग्राको १६ हजार ५ सय रुपैयाँसम्म मूल्य पर्ने व्यापरी बताउछन् ।
Comments








