काठमाडौं । प्रभु बैंकले बागलुङका बाढी पहिरो पीडितलाई ५ लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढी पिडित उद्वार कोषमा रहने गरि ५ लाख सहयोग गरेका हुन् ।
बागलुङमा बाढी पहिराेबाट करिब ३७ जनाले ज्यान गुमाएका छन् । बाढी पहिराेबाट विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर ध्वस्त भएका छन् । बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरु¨ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले निरीक्षण गरेका थिए ।
Comments