आइतबार बढेकाे सुनको भाउ सोमबार घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको भाउ ओरोलो लागेको छ। साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन यस दिन भने तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ भने सोमबार स्थीर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।