विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान निधन भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे निधन भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिए । यससँगै धरानमा कोरोनाबाट निधन हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा निधन हुनेकाे सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।
Comments




