असोज २० । विश्वमै धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो स्थानमा परेको छ ।
कुल ग्राहस्थ उत्पादन (जीडीपी)को अनुमानमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल तेस्रो स्थानमा परेको हो ।
विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले सन् २०१२ मा जीडीपीको अनुपातमा २५ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ । २०११ मा नेपाल यो सूचीको पाँचौ स्थानमा थियो ।
आर्थिक सर्वेक्षणमा नेपालले आव ०६८/६९ मा जीडीपीको अनुपातमा २३.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको र ०६९/७० मा २२.१ प्रतिशत भित्र्याउने उल्लेख गरिएको छ ।