काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेर कारोबार भएका थियो । हिजोका लागि सनुको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ तोकिएको थियो । केहि दिन यता सुनचाँदीको भाउमा सामान्य उतारचढाव देखिएको छ । चाँदीको मूल्य भने बिहीबार सामान्य वृद्धि भएको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ ।
Comments