लुम्बिनी प्रदेशको राजधानीमा फेरि नयाँ ढंगको विवाद

बुटवल । लुम्बिनी प्रदेशको राजधानीको विषयमा फेरि नयाँ ढंगले विवाद सिर्जना भएको छ । सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित भएपछि विवाद उत्पन्न भएको हो ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका भनि उल्लेख थियो । उक्त प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पास समेत भएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रकाशित गरेको राजपत्रमा दाङको राप्ती उपत्यका (देउखुरी) स्थायी राजधानी भनेर उल्लेख गरिएपछि विरोध सुरु भएको हो । राजपत्रमा प्रकाशित सूचना प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि त्यसले कानूनी मान्यता पाउँछ । तर, अहिलेको त्यसको चर्को विरोध भइरहेको छ । यसअघि पनि बुटवलमा राजधानीको विरोधमा प्रदर्शन भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।