आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । अघिल्लो दिन बिहीबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँले उकालो लागेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच हुँदैछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।