काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट निधन हुनेकाे संख्या ६ सय नाघेकाे छ । पछिल्लाे २४ घण्टामा थप १० जनाको निधन भएसँगै निधन हुनेकाे संख्या ६ सय नाघेकाे हाे ।पछिल्लाे समय कोरोना संक्रमणबाट निधन हुनेमा महिलामा काठमाडौँकी ८७ वर्षीया, पुरुषहरूमा झापाका २९ वर्षीय र ५२ वर्षीय, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय, काठमाडौँका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय रहेका छन् ।
Comments