Wednesday, September 23, 2026
22.1 C
Kathmandu
Home अर्थ खबर आइतबार यस कारण नेप्सेमा कारोबार भएन यी २५ कम्पनीको सेयर

आइतबार यस कारण नेप्सेमा कारोबार भएन यी २५ कम्पनीको सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार २५ कम्पनीको सेयर कारोबार नै भएन । ती कम्पनीहरुले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि कारोबारमा रोक लगाइएको हो ।स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले ती कम्पनीको कारोबार रोकिएको छ ।

स्टकका अनुसार क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टी पर्पोज फाइनान्स, नेपाल शेयर मार्केट, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति, अरुण वनस्पति उद्योग र विराट सुज लिमिटेडको कारोबारमा रोक लगाएको छ ।

यस्तै, बुटवल पिइनिङ मिल्स, फ्युलर हिमालयन, गोरखाकाली रबर उद्योग, हरिसिद्धि इँटा तथा टायर कारखाना, हिमालय डिस्टिलरी, ज्योति स्पाइनिङ मिल, नेपाल बिटुमिन एन्ड ब्यारल उद्योग, रघुपति जुट मिल, श्री भृकुटी पल्स एन्ड पेपर मिल, रामसुगर मिल, नेपाल वेलफेयर कम्पनी, नेपाल ट्रेडिङ लिमिटेड, याक एन्ड यती होटल र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका छन् । कारोबार रोकिएकामध्ये १० कम्पनी बन्द अवस्थामा छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।