काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी प्रतिकेजी ५५० मा बेच्ने भएको छ । सोमबारदेखि खसीबोका बिक्री गर्ने जनाएको लिमिटेडले बजारमूल्यको तुलनामा प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णय गरेको हो ।

लिमिटेडलले मूल्य निर्धारण गर्नुअघि सबै बजार विश्लेषण गरेको र बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेकाले उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको जनाएको छ ।

दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्ने रहेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।