काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार र आइतबार पनि छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तर आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ ।
Comments