काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन प्रति तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँ बढेर प्रति तोला १२ सय ४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी प्रति तोला १२ सय १० मा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।