काठमाडाैं । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीकाे बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।