असोज १७ ।  पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान पुम्दिभुम्दी गाविसको शान्ति स्तुपा नजिकै   अल्ट्रालाईट खस्दा चालक र एक यात्रुको मृत्यु हो।

मृत्यु हुनेमा  चालक स्टेफन श्रेष्ठ र  चिनियाँ पर्यटक  लियूजुन
रहेको प्रहरीले जनाएको छ । मृत्तको शव पोष्टमाटमका लागि पश्चिम अञ्चल क्षेत्रीय अस्पताल पोखरा  लगिएको छ । मौसम गडबढीले दुर्घटना भएकोअनुमान गरिएको छ ।

पोखराको रमणिय  दृष्यावलोकनका लागी  अल्ट्रालाइज  जहाजलाई उपयोगी साधनको रुपमा  लिने गरिएको  पाइन्छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।