असोज १७  ।संबिधानसभाको  मनोनयन प्रक्रियालाई अवरोध गर्न संघीय लिम्बुवान राज्य परिषद्ले  पूर्वका ९ जिल्ला बन्द गराएका छन् ।

बन्दका कारण पाँचथर ,ताप्लेजुङ, , इलाम, मोरङ, धनकुटा, लगायतका जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् ।

 मनोनयन दर्ताको विरोध स्वरुप लिम्बुवान क्षेत्रका  जिल्ला  निर्वाचन कार्यालय अगाडि संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले धर्ना र विरोध  गरिरहेका छन्।

यातायात बन्द हुँदा  नजिकिदै गरेका दशैंमा आवतजावत गर्ने सर्वसाधारण  मर्कामा परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।