असोज १७ । मध्यरातमा एमाओवादीले आफ्नो उम्मेदवार फेरबदल गरेको छ ।
बुधवार सार्वजानिक गरेको उम्मेदवारको अन्तिम नामावली अन्तर्गत काठमाडौं ६ मा प्रस्तावित अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालाई हटाइएको थियो । तर मध्यरातमा उनलाई पुनः उम्मेदवारी बनाउने निर्णय गरिएको छ ।
क्षेत्रीय समितिबाट हिमाल शर्माको नाम आएपनि शर्माको नाम हटाएर प्रधानको राखेको थियो । प्रधानलाई भने काठमाडौं ८ मा उम्मेदवार सिफारिस गरिएकोमा ८ मा रुपा महर्जनलाई ल्याएर प्रधानलाई ६ मा उम्मेदवार बनाइएको थियो ।
माओवादीभित्र चर्को विवाद भएपछि मध्यरातमा निर्णय सच्याइएको बताइएको छ ।
गएराती मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा हिमालले पार्टीले गल्ती सच्चाएको र आफूले टिकट पाएको भनि लेखेका छन् ।