अमेरिकी चुनावी नतिजाः पछि पर्न थाले ट्रम्प

काठमाडौं । विश्वको महाशक्ति राष्ट्र भनेर प्रसारित अमेरिकाको राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ । कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको प्रारम्भिक नतिजामा भने हालको राष्ट्रपति डोनाल्ड ट्रम्प पछि परेको पाइएको छ ।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्। यसैगरी बाइडनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन्। अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला