पूर्वसभामुख महरा पत्नीको कोरोनाका कारण उपचारकै क्रममा निधन

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याएर नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको बुधबार बिहान निधन भएको हो।

कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा रहेकी उनको उपचारकै क्रममा आज बुधबार बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला