अख्तियार प्रमुखको अरबौँ सम्पत्ति, पार्टी प्यालेस, पेट्रोल पम्प, तातो बाफले नुहाउने स्पा पनि

अकुत सम्पत्ति कमाएको आरोप लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्नेतको शुरुमा आफू र श्रीमतीको नाममा कुनै भौतिक सम्पत्ति नदेखिएतापनि सहसचिव हुँदादेखिकै खोतलिएको विवरणअनुसार २९ करोड रूपैयाँ बराबरको सम्पत्ति फेला परेको छ । अधिकांश गैरकानुनी सम्पत्ति मालपोत,भन्सार,राजश्व अनुसन्धान,भौतिक योजना मन्त्रालय र अख्तियारमा हुँदा अरुकै नाममा जोडेको देखिन आएको सम्पत्ति शुध्दिकरण अनुसन्धान बिभाग श्रोतको दावी छ । खोज्दै जाँदा बस्नेतको पार्टी प्यालेसदेखि,पेट्रोल पम्प,तातो बाफले नुहाउने स्पा र हेल्थ क्लब समेत देखिएको बताइन्छ । उनीनिकट ब्यक्तिहरुलाई ल्याएर आकस्मिक कमाइको श्रोत माग्दा तिनले चित्तबुझ्दो जवाफ दिन सकेनन् !

नक्सालको प्रहरी हेडक्वार्टरदेखि पश्चिमपट्टी रहेको नक्साल ब्याङ्क्वेटमा दीप बस्नेतका छोरा कमलको लगानी पुष्टि भएको छ । उता,वैदेशिक रोजगार व्यवसायीतर्फसमेत उनको राम्रै लगानीको गुह्य भेटिएको बताइएको छ । उता घरजग्गा कारोबारमा पनि आफू निकटका इन्भेष्टमेण्ट समूहहरूसँग मिलेर लगानी गरेको भेटिएको हो । यी सबै कारोबारको हिसाब गर्दा थप एक अर्ब रूपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जोडेको देखिन आएको स्रोतले पुष्टि गरेको छ ।

उता,सोल्टी होटलमा रहेको ट्रयाङ्कियालिटी स्पाको लगानीकर्तामा पनि आवरणमा अरु नै देखिए पनि मुख्य लगानीकर्ता बस्नेतको छोरा रहेको बताइएको छ । अनुसन्धानबाट पत्ता लागेको सबै सम्पत्ति कुनै नाता नपर्ने व्यावसायिक व्यक्तिहरूसँग मिलेर गरिएको कारोबारबाट आर्जन गरेको देखिएको हो । सम्पत्ति छानबीनको प्रक्रिया अन्तिम चरणमा पुगेकाले बिभागले छिट्टै बयानको लागि बस्नेतलाई बोलाउने सम्भावना छ । बस्नेतका छोरा फेरि फेरि गाडी चढ्ने मामिलामा निकै शौखिन रहेको देखिएकाले उनले गाडी खरिदको स्रोतसमेत देखाउनुपर्ने भएको छ । -जनआस्थाबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।