असोज १७ । चन्दा दिनु भन्दा आफैं चुनावमा लड्दा फाइदा देखेपछि उद्योगी व्यापारीहरु पार्टीमा होमिएका छन् ।

एमालेबाट टिकट नपाउने संकेत देखेपछि वीरगन्जको नेसनल मेडिकल कलेजका मालिक बसरुद्दिन अन्सारी एमाओवादी नजिक पुगे ।

अध्यक्ष प्रचण्डबाटै पर्सा २ मा उम्मेदवारीको आश्वासन पाएपछि औपचारीक घोषणा नहुँदै अन्सारी प्रचारमा होमिइसकेको आजको कान्तिपुरले खबर छापेको छ ।

गएको चुनावमा चन्दा ५५ लाख रुपैयाँ खर्च भएको जनाउँदै यसपालि बरु त्यति पैसाले आँफै चुनाव लड्ने उनले बताउँदै आएका थिए । उनको बुझाई छ ‘आफै उम्मेदवार भएपछि अरुलाई चन्दा दिन पनि पर्दैन, टेन्सन साफ ।’

 वीरगन्ज, विराटनगरका कतिपय स्थापित व्यवसायी काठमाडौमा डेरारडन्डा जमाएर समानुपातिकमा पर्ने नेताको दघर दैलो चहारीरहेको खबरमा उल्लेख छ ।

अघिल्लो निर्वाचनममा समानुपातिकबाट ठूलो संख्यामा सहभागिता जनाएका व्यवसायीहरुमा यसपालि सभासद बन्न इच्छुकको संख्या झन् बढेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।