काठमाडौं । कोरोना संक्रमित कलाकार मनोज गजुरेललाई उपचारका लागि आईसियु भर्ना गरिएको छ । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार गजुरेलको अवस्था गम्भीर भएपछि आईसियुमा राखेर उपचार सुरु गरिएको हो।

उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो। यसअघि उनी घरमा नै आइसोलेशन बसेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।