कोरोनाका कारण वडाध्यक्षको निधन

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको निधन भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट निधन भएको हो ।

६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे निधन भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला