के तपाइले संसारका सबै फेसबुक प्रयोगकर्ताको अनुहार हेर्नु  भएको छ ? पक्कै पनि छैन । किनकी  तपाइको फेसबुकमा सबै जना साथी नै छैनन् । अनी खोज्न पनि असम्भब नै हुन्छ ।
तर अहिले तपाईले बिश्वका फेसबुक  प्रयोग कर्तालाई एकै पटक  हेर्न सक्नु हुने भएको छ । जसको लागि नयाँ एप्स बजारमा आएको छ ।
यसबाट फेसबुकमा रहेका १.१६ अरब मानिसको अनुहार हेर्न सकिने भएको छ । त्यसैमा तपाइको  अनुहार पनि सामेल रहेको छ ।
 उक्त एप्‍पमा गएर हेरेको खण्डमा तपाईले फेसबुकका रहेका व्यक्तिको  काउन्टिङ र कलरफुल डट्स देखिन्छ । त्यही कलरफुल डट्समा फेसबुक  प्रयोगकर्ताको प्रोफाइल फोटो देख्न पाइने छ ।कलरफुल डट्स चलाएको खण्डमा तपार्इको तस्बिर हेर्न सक्नुहुने छ  । यसमा सबै भन्दा पहिले फेसबुक निमार्ता  मार्क जुकेम्बरको नाम र फोटो रहेको  देख्न  सकिन्छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।