असोज १५ । बैंकले दसैंका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट वितरण सुरु गर्ने भएको छ ।
बैंकले सोमबारदेखि नै राजधानीमा नयाँ नोट वितरण सुरु गरेको थियो । आजबाट भने जिल्लाहरुमा पनि सुरु गर्न लागेको हो ।
जिल्लाका लागि चाहिने आवश्यक नोटहरु पठाइसकेको र आजबाट वितरण सुरु गरिने राष्ट्र बंैंकले जनाएको छ ।
यस वर्ष राष्ट्र बैंकले ३० अर्व रुपैयाँका नयाँ नोट तयार छ । विगतका वर्षहरुमा नयाँ नोटको अभाव भएपछि त्यसलाई ध्यानमा राखेर नयाँ नोट तयार पारेको हो ।
बैंकले सर्वसाधारणलाई भने मागे जति नोट दिनसक्ने व्यवस्था मिलाएको जनाइएको छ ।
Comments