यस्तो छ प्रधानमन्त्रीको टिकटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओली अफिसियल नामबाट आफ्नो टिकटक अकाउन्ट खोलेका छन् । आइतबार बनाइएको उनको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोको भ्युज झण्डै १२ लाखलले हेरिसकेका छन्, १ लाख बढी लाइक आइसकेको छ। हाल ४ हजार जनाले फलो गरेका छन्।

ओलीको टिकटक अकाउन्ट सार्वजनिक भएपछि यसले चर्चा बटुलिरहेको छ । धेरैले देश बनाउनुपर्ने व्यक्तिले टिकटक खोलेको भन्दै खिल्ली उडाइरहेका छन् । उनका समर्थकहरुले भने डिजिटल युगमा टिकटक खोल्नु सामान्य कुरा भएको भन्दै बचाउ गरिरहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।