काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार घटेको सुनको मूल्य मंगलबार भने बढेको छ। आज मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो एक साता सुन तोलामा दुई हजार ५०० रुपैयाँले गिरावट भएतापनि आज भने सुनको मूल्य उकालो लागेको हो।

यसैगरी, चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। साताभर चाँदी तोलामा ६० रुपैयाँले घटेको थियो। तर मंगलबार भने पुनः बढेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।