निरन्तर उकालो लागेको सुनको मूल्य आइतबार घट्यो (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो चढ्दै आएको सुनको मूल्य ओरालो लागेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । गत साताभर सुनको मूल्य उकालो लागेको थियो । यसैगरी चाँदीको भाउ भने साताको पहिलो दिन स्थिर रहेको छ । यसदिन चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साता चाँदीको भाउ पनि बढेको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला