रुसको कोरोना खोपको मूल्य रु ३ हजार ९१

काठमाडौँ । रुसले सुरु गरेको कोरोना भाइरसविरुद्धको खोपको मूल्य निर्धारण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक–५ नाम गरेको कोरोना खोपको मूल्य नेपाली ३ हजार ९१ रुपैयाँ बराबार तोकेको छ ।
रुसी स्वास्थ्य मन्त्रालयले दुई डोज कोरोना खोपको मूल्य १ हजार ९ सय ४२ रुबल (करिब ३ हजार ९१ रुपैयाँ) निर्धारण गरेको हो । रुसको ग्यामालेया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले कोरोनाविरुद्धको खोप निर्माण गरेको हो । स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो। खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् । तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ ।