‘प्रधानमन्त्रीज्यू सूर्य थापालाई कारबाही गर्नुस्, प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् : बामदेव गौतम

सुर्य थापा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई कारबाही गर्न माग गरिएको छ ।
शनिबारको बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग गरेकाे नेपाल खबर डटकममा समाचार छ ।
‘प्रधानमन्त्रीज्यू, सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन्।’ बैठकमा उपाध्यक्ष गौतमले भने । यसअघि पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई हटाउन पार्टी भित्र आवाज उठ्ने गरेको थियो ।