काठमाडौं । सरकारले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनलाई बेवास्ता गर्दै प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । मन्त्रीपरिषदको बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको हो ।

बुधबार मात्र संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

पोखरेलको बढुवासँगै उलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । पोखरेल कार्यरत् महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा एआइजी हरिबहादुर पालको सरुवा भएको छ । पाल अपराध अनुसन्धान विभागमा कार्यरत् थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।