काठमाडौं । आम निर्वाचनमा नेपाली जनताको लोकप्रिय बहुमतको म्याण्डेड पाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनताका मुद्दालाई छाडेर आ आफ्नो गुट सुदृढीकरणको बाटो समातेको छ ।

एकातर्फ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गुट मजबुत बनाउन लागेका छन् । उनले जनताको बहुदलिय जनवाद कार्यदिशालाई मदन भण्डारी फाउण्डेशनमार्फत स्थानीय तहसम्मै स्थापित गर्ने गरी लागेका छन् । ओली पक्षको गुट भेलामा जबज ब्यानरमै राख्ने गरेको छ । अर्कातर्फ अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल लगायतको समूह पनि आफ्नो गुटलाई सुदृढ गर्न भेलामा व्यस्त हुन थालेको छ ।

आफ्नै पार्टीका एक नेताले अर्को नेताको उछितो काढ्ने क्रियाकलाप पनि बढेका छन् । यस्ता क्रियाकलाप केन्द्रदेखि वडासम्मै देखिन थालेको छ । नेकपाका नेताहरु गुटगत लडाईमा व्यस्त हुँदा कार्यकर्ता भने निराश देखिएका छन् । नेकपाले निर्वाचनमा झण्डै दुई तिहाई मत पाएपनि उक्त मतको कदर गर्न चुकेको छ । जनताका मुद्दा र घोषणापत्र समेत नेकपाले बिर्सिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।