हामीले हाम्राे भनाई राख्ने संसद अधिवेशन नै बाेलाइएन : नेतृ भुसाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सांसद पम्फा भुसालले संसद अधिवेशन नबाेलाउँदा आफ्ना भनाई राख्न नपाएकाे गुनासाे गरेकी छन् ।
नेपाल पत्रकार महासंघ ललितपुरकाे एघाराैं अधिवेशनकाे उद्घाटनका क्रममा पत्रकार तथा श्रमजिविकाे पक्षमा आवाज नउठाएकाे गुनासाे आएपछि उनले यस्ताेे बताएकी हुन् । ‘हामीले हाम्राे भनाई राख्ने संसद अधिवेशन नै छैन, संविधानत ६ महिना फरक गर्न हुन्न भन्ने छ, त्यही दिन कुरेर बसेका छाैं ।’ उनले भनिन् ।
नेतृ भुसालले निहित स्वार्थमा केन्द्रित पत्रकारिता गर्न नहुने समेत जनाएकी छिन् । पत्रकारहरू राष्ट्र, जनता र पेशाबाट अलग हुनै नसक्ने उनकाे भनाई छ । उनले श्रमजिवि पत्रकारहरूकाे समस्या जटिल बनेकाे उल्लेख गर्दै व्यवहारिक रूपमा हल गर्न लाग्नु पर्नेमा जाेड दिइन् ।
मिडिया सम्बन्धी विधेयक पत्रकारकाे हितमा हुने गरि गराउन पहल गराउने उनले प्रतिवद्वता जनाएकी छिन् ।