आज आइतबार यस्ताे छ सुनचाँदीकाे मुल्य

काठमाडाैं । सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । आज आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो साताको बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । त्यसयता सुन सोही मूल्य कायम रहेको छ ।
यसैगरी चाँदीको भाउ पनि पछिल्लो तीन कारोबार दिनयता एकै मूल्यमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।